चन्द्रागिरी हिल्स लिमीटेडले सर्वसाधारका लागि सेयर जारी गर्ने


काठमाण्डौ । चन्द्रागिरी हिल्स लिमीटेडले सर्वसाधारका लागि सेयर जारी गर्ने भएको छ । चन्द्रागिरीले स्थानीय र सर्वसाधारणका लागि कुल १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको प्राथमिक सेयर (आइपीओ) निश्कासन गर्न लागेको हो । चन्द्रागिरीले उक्त सेयर निष्काशन गर्नका लागि आवेदन दिएको धितोपत्र बोर्डले जानकारी दिएको को । कम्पनीले प्रतिकित्ता रु. १०० दरका कुल १८ लाख ४० हजार ९१० कित्ता अर्थात १२ प्रतिशत सेयर सर्वसाधारणका लागि निष्काशन गर्न बोर्ड समक्ष आवेदन दिएको हो ।

चन्द्रागिरीले जारी गर्ने आईपीओमध्ये ३ लाख ६ हजार ८१९ कित्ता आयोजना प्रभावित स्थानीयलाई तथा बाँकी १५ लाख ३४ हजार ९१ कित्ता सर्वसाधारणका लागि निश्काशन गरिने छ । बाँकी रहेको ८८ प्रतिशत सेयर संस्थापकमै रहनेछ । आइपीओपछि कम्पनीको चुक्तापूँजी १ अर्ब ५३ करोड भन्दा केही बढी हुने बताइएको छ । चन्द्रागिरीको आइपीओ निश्कासनमा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरिएको छ । चन्द्रागिरीमा केवलकार संचालनमा ल्याएको चन्द्रागिरी हिल्सले सोही स्थानमा होटल तथा रेष्टुरेन्ट लगायत संचालन गरिरहेको छ । सो कम्पनीमा आईएमई ग्रूपका अध्यक्ष अध्यक्ष चन्द्रप्रसाद ढकाल लगायतको लगानी रहेको छ । उक्त कम्पनीको संस्थापमका अम्बिकाप्रसाद पौडेल, हेमराज ढकाल, नवराज नेपाल र कल्याण गुरुङ रहेका छन् ।

Source : bizkhabar.com