कोरोना सर्ने भन्दै तरकारी नष्ट गर्नेलाई कारबाही


कृषि उपज नष्ट गर्नेलाई कारबाहीकाे माग गर्दै कृषिले पठायो गृहलाई पत्र!


कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपज नष्ट गर्नेमाथि कार्बाही गर्न गृह मन्त्रालयलाई पत्र पठाएको छ। कृषि उपजको उत्पादन, ढुवानी र बजारमा अवरोध गर्नेलाई कारबाहीको लागि मंगलबार कृषि मन्त्रालयले गृहलाई पत्र पठाएको मन्त्रालयलका प्रवक्ता हरि बहादुर केसीले बताए।

केही समय पहिले पोखरा, कपिलवस्तुलगायतका जिल्लामा वडाअध्यक्षहरूकै अगुवाइमा किसानको तरकारी नष्ट गरिएका समाचार सार्वजनिक भएका थिए । कोरोना संक्रमण फैलिने भन्दै उनीहरूले कुनै वैज्ञानिक आधारबिना तरकारी नष्ट गरेकोमा व्यापक आलोचना भएको थियो ।