अस्ट्रेलियास्थित नेपाली दूतावासले अस्ट्रेलियाबाट नेपाल फर्कनुपर्ने नेपाली नागरिहरुलाई आफ्नो विवरण अद्यावधिक गराउन त्यहाँका नेपाली नागरिकलाई आग्रह गरेको छ।
नेपाल प्रवेश गर्ने प्रत्येक नेपाली नागरिकले अनिवार्य रुपमा १४ दिनसम्म क्वारेन्टाइन अथवा स्थानीय प्रशासनले व्यवस्था गरेको होटल क्वारेन्टाइनमा बस्नुपर्नेछ।
थप जानकारीका लागि दूतावासमा सम्पर्क गर्न भनिएको छ।