थप २७८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २९ सय १२ पुग्यो [Updated]


२३ जेठ, काठमाडौं, 

नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सुर्खेत पञ्चपुरी नगरपालिका–१ हाँसेका २० वर्षीयको कोरोना संक्रमणबाट मृत्यु भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ पुगेको छ ।